Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५४:२७ दिउँसो
- ADVERTISEMENT -

धादिङका उरबहादुर : आत्मबल उच्च बनाए कोरोना निको हुन्छ

प्रकाशित मिति: २०७७ वैशाख १२, शुक्रबार

640
Shares

धादिङ, वैशाख १२ गते । धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङ कोरना भाइरस लाग्नबाट बच्न चेतना जरुरी हुने र लागिहाल्यो भने पनि आत्मबल कमजोर बनाउन नहुने बताउनुहुन्छ । उहाँ नेपालको तेस्रो कोरोना सङ्क्रमित हुनुहुन्थ्यो ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालमा उपचारपछि निको भई घर फर्किनु भएका तामाङले कोरोना रोग लागि हाल्यो भने आत्म विश्वास कमजोर नबनाइ उपचार गरेमा निको हुने बताउनु भयो । उहाँले भन्नुभयो, आफूलाई कोरोना भएको प्रमाणित भएपछि खानपिन र उपचार प्रक्रियामा अत्यन्त सजग भएर बसे । उपचारका क्रममा चिकित्सकले थपेको उत्साहले थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।

चिकित्सकहरुको सल्लाहअनुसार विरामीले औषधी र सन्तुलित आहारा खानुपर्ने तामाङको अनुभव छ । आफू गाउँ फर्केपछि कोरोनासम्बन्धी चेतना प्रवाहमा लागि पर्ने उहाँको भनाइ छ ।

तामाङ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक महिनाको उपचारपछि कोरोना निको भई धादिङ फर्कनु भएको हो । तामाङ गत चैत्र १० गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नुभएको थियो ।

उहाँलाई जिल्ला स्वास्थ्य कार्यालय धादिङले निर्माण गरेको रिकभरी सेन्टरमा एक हप्ता राखी पुनः गाउँ पठाइने धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । दुवईबाट नेपाल आउनु भएको उहाँलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशङ्कामा टेकु अस्पतालमा जाँच गराइएको थियो । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -