- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जीत शेरचनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण अभियान

April 24, 2020
1039
Shares
- ADVERTISEMENT -

बागलुङ, १२ बैशाख २०७७ । पश्चिम बागलुङ क्षेत्रका काठमाडौमा उद्योग व्यवसाय गर्दै आएका व्याक्तिहरुबाट प्राप्त भएको सहयोगबाट स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सामग्री र गरीब परिवारका निम्ति खाद्यान्न सामाग्री वितरण गरिएको छ । नोबेल कोरोना भाईरस (कोभिड १९) को संक्रमण नेपालमा समेत बढ्दै गएपछि नेपाली काँग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गरिब परिवारका निम्ति राहत वितरण अभियानलाई निरन्तर अगाडी बढाउँदै आएको छ ।

क्षेत्र नम्बर २ बागलुङका स्वास्थ्य संस्थामा दोश्रो चरणमा पीपीई, एन ९५ माक्स, सेनिटाईजर, गलोब, चस्मा, साबुन, लगाएतका स्वास्थ्य सामग्री हस्तान्त्रण अभियान सुरु भएको नेपाली काँग्रेसका नेता जित शेरचनले बताउनुभयो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४ थान पीपीइ , माक्स, सेनिटाईजर, साबुन लगाएतका सामग्री उपलब्ध गाइएको थियो भने बुधबार गलकोट नगरपालिकाको दुदिलाभाटी स्वास्थ्य चौकी, नरेठाँटी स्वास्थ्य चौकी, हटिया स्वास्थ्य चौकी, हरीचौर स्वास्थ्य चौकी, मल्म स्वास्थ्य चौकी, काँडेवास स्वास्थ्य चौकी खर्बाङ स्वास्थय चौकी, खार स्वास्थ्य इकाई र भिमगिठे स्वास्थ्य चौकीमा एक÷एक थान पीपीई सेट, माक्स, सेनीटाईजर गलोब, हेडसेट, साबुन उपलब्ध गराइएको तरुणदल जिल्ला सदय नविन शेरचनले बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा समेत स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका अन्र्तगत ज्याला मजदुरी गर्ने, गरिब, विपन्न, अशक्त परिवारका निम्ति चामल, नुन, तेल लगाएतका खाद्यान्न हस्तान्त्रण गरीने नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी जित शेरचनको भनाई छ ।

बुधबारको कार्यक्रममा काँग्रेस महासमिति सदस्य अर्जुन शेरचन, महाधिवशेन प्रतिनिधि जित शेरचन, क्षेत्र नम्बर २ ख प्रदेश सभापती नरजंग घर्ती मगर, तरुणदल जिल्ला सदस्य नविन शेरचन, समाजसेवी रिषीराम कँडेल, जिल्ला सदस्य गण्डकी थापा अधिकारी, लगाएतको सहभागीतामा स्वास्थय संस्था प्रमुखलाई सामग्री हस्तान्त्रण गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको पहलमा क्षेत्र नम्बर २ बागलुङका ४८ वटा स्वास्थ्य संस्थामा पीपीइ, माक्स, सेनिटाईजर, सावनु, गलोब लगाएतका स्वास्थ्य सामग्री चैत्र अन्तिम साता हस्तान्त्रण भइसकेको छ ।

अब स्वास्थ्य संस्थामा ज्वरो नाप्ने थर्मल गनका निम्ति बागलुङ ढोरपाटन हङकङका पदाधिकारीद्धारा ४८ वटै स्वास्थ्य संस्थामा उपलब्ध गराउने तयारीमा रहेको नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँरले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com