- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आमा : तिमी किन कहिल्यै फेरिईन्नौ ?

April 24, 2020
1076
Shares
- ADVERTISEMENT -

गाउँ , बजार भएको पनि वर्सौँ भएछ
गाउँमा नयाँ बाटो आएछ
बाटोमा नयाँ गाडी आएछन्
गाडी भित्रका मान्छे
मान्छे भित्रको मन
अनि मन भित्रका कुरा
सबै फेरिएछन , सबै फेरिदाँरहेछन् ।

गाउँमा नयाँ स्कुल आएछ
स्कुलको भित्ताको रङ

मासिक शुल्क उठाउने कागजको रङ
सबै फेरिएछन् ।

- ADVERTISEMENT -

Advertisement

कान्ले खेतको कान्लै कान्ला
भएर बग्ने कुलो हराएछ
चिराचिरा परेर फुटेको गैरी खेत
र गैरी खेत फुटेर निस्केको मुल
सबै फेरिएछन् ।

गाउँमा नयाँ धारो आएछ
धारो समाउने टुटि

टुटि समाउने पानी
सबै फेरिएछन् ।

- ADVERTISEMENT -

Advertisement

गाउँ , बजार भएको पनि बर्सौँ भएछ
सबै फेरिएछन् , सबै फेरिदाँरहेछन् ।

वनको बूढो सिमलको मुढो
पाखुराले एक्लै उचाल्ने
हर्के दाईको पखुरा पनि बूढो भएछ
साउनेपानीको दुई हल खेतको मेलो

मुखिया बाको घरमाथिको मैलो कटुवाल
सबै फेरिएछन् ।

गाउँमा नयाँ मिल आएछ
मिलले कुटेको चामल
र चामलले कुटेको स्वाद
सबै फेरिएछन् ।

गाउँ, बजार भएको पनि बर्सौँ भएछ
सबै फेरिएछन् , सबै फेरिँदारहेछन् ।

भेटिभेटी कथा सुनाउने
धर्मदत्त गुरु नै कथा बनेछन्
बाटबनको बाबियो

बाबियोले बाटेको पिङको डोरि
सबै फेरिएछन् ।

गाउँ, बजार भएको पनि बर्सौँ भएछ
सबै फेरिएछन् , सबै फेरिँदारहेछन्

जति नै फेरिँदापनी नफेरिने
बाको मैलो टोपि फेरिएछ
गाउँको धामी

घरको धमिराको गोलो
सबै फेरिएछन् ।

घरमा नयाँ टेलिभिजन आएछ
टेलिभिजन भित्रका जनता
र जनताका नेता
सबै फेरिएछन् ।

गाउँ, बजार भएको पनि बर्सौँ भएछ
सबै फेरिएछन् , सबै फेरिँदारहेछन्

वर्सौँ पछि म गाउँ आउँदा
सबै फेरिएछन् , सबै फेरिँदारहेछन्
आमा !
ए आमा ,
यतिका चिज फेरिईँदा पनि
तिमी किन कहिल्यै फेरिईनौ ?

  नवीन पौडेल 
मोदि गाउँपालिका, पर्वत

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com