अछाम, १० बैशाख २०७७ । नेपाली कांग्रेस बान्नीगढी जयगढ गाउँपालिका कार्य समिति जयगढको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बान्नीगढी जयगढ गाउँपालिका सगठन कमिटिले बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको राजीनामाको माग गरेका प्रति ध्यानाकर्षण भएको हो ।
नोबेल कोरोना भाइरसका कारण समग्र बिश्वजगत अहिले चपेटामा परी देश लकडाउनको बेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बान्नीगढी जयगढ गाउँपालिका संगठन कमिटिका इन्चार्ज लोकेन्द्र बहादुर साउदद्वारा हस्ताक्षरित गत बैशाख ६ गते को प्रेस बिज्ञप्ति प्रति नेपाली कांगेस बान्नीगढी जयगढ गाउँपालिका कार्य समिति जयगढको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली कांगेस बान्नीगढी जयगढ गाउँपालिका कार्य समिति जयगढ, अछाम संयोजक चन्द्र सिह लुहारद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, बान्नीगढी जयगढ गाउँपालिका राजेन्द्र बहादुर खड्काको छोराको गल्ती कमी कमजोरी देखाएर गाउँपालिका अध्यक्ष खड्काको राजिनामाको माग गर्नु भनेको देशको संबिधान, प्रचलित एन कानुन अन्तर्गत नभएको र सरासर गलत भएको बताएको छ ।

साथै, बिज्ञप्तिमा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) सगठन कमिटि इन्चार्ज लोकेन्द्र साउँद पार्टी इन्चार्ज मात्र नभएर बान्नीगढी जयगढ स्थानीय सरकारको उपाध्यक्ष समेत रहेको ब्यक्ति, अनुगमन समितिका संयोजक, राजस्व बाडफाड समितिमा समेत प्रमुख भूमिका निर्वाह गर्दै न्यायीक समितिका संयोजकको भूमिका निर्वाह गर्ने कानुनी अधिकार प्राप्त व्यक्तिबाट गैर जिम्मेवारी रुपमा बिज्ञप्ति प्रकाशन गरी राजिनामा माग गर्नु पदीय दायीत्व, गरिमा बुज्न नसक्नु र आफैमा गलत भएको उल्लेख गरिएको छ ।
साथै, कानुनी ज्ञानको आभावले, गैर कानुनी कुराको आधारमा प्रेस बिज्ञप्तिद्वारा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको राजिनामा माग गर्नु भन्दा गाउँपालिका उपाध्यक्ष स्वयम जनता प्रतिको दायित्व, पदीय भूमिका निर्वाह गर्न नसकी न्यायीक समितिको गरिमा जोगाउन नसकेको हुदा बान्नीगढी जयगढ गाउँपालिका स्थानीय सरकारको उपाध्यक्ष तत्काल पदबाट राजिनामा दिएर उप-निर्वाचनको लागि मार्ग प्रसस्त गर्न सकेको खण्डमा बान्नीगढी जयगढ गाउँपालिका समृदिको बाटोमा जान सहि हुनेछ ।








































