- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नागर्जुन नगरपालिका-१ इकाई समितिद्वारा १ सय ३० परिवारलाई राहत वितरण

April 22, 2020
738
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १० बैशाख २०७७ । बिश्वब्यापी महामारीको रूपमा फैलिदै गएको नोबेल कोरोना भाइरसका कारण बिश्वमा नै जनजीवन अस्तब्यस्त एब असुरक्षित बनाएको आजको जटिल परिस्थितिमा नागर्जुन नगरपालिका वडा नम्बर १ इकाई समितिद्वारा राहत वितरण गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

बिश्वब्यापी जटिल परिस्थितिमा हामी सबै मानव समुदाय एक भएर नोबेल भाइरस विरुद्ध लडनु पर्ने अवस्था सृजना भएको हुँदा आ आफ्नो ठाँउबाट एक आपसमा सहयोगी हुन जरुरी रहेको आजको अवस्थामा नेपाली कांग्रेस क्षेत्र नम्बर ७ अन्तर्गत पर्ने नागर्जुन नगरपालिका वडा नम्बर १ इकाई समितिले आज वडामा बसोबास गर्ने १ सय ३० परिवारलाई राहत हस्तान्तरण गरेको नेपाली कांग्रेसका नेता सबिन तामाङले बताउनु भयो ।

नागर्जुन नगरपालिकाका मेयर मोहन बस्नेत ,वडा अध्यक्ष रामचन्द्र लामा, वडा सदस्य रामेस्वर लामा, स्थानीय कांग्रेस नेताहरु दीपक सिमखडा, कृष्ण प्रसाद सोति, बलराम लामा लगायत अन्य महानुभाबको उपस्थितिमा राहत बितरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

वडामा बसोबास गर्ने १ सय ३० परिवारलाई राहतमा प्रत्यक परिवारलाई चामल २० किलो को १ बोरा, दाल दुइ किलो, नुन १ किलो, तेल १ केज, मसला, साबुन लगायतका दैनिक उपभोग्य सामाग्री राहत स्वरुप वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com