- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धादिङमा चट्याङ लागेर दुई जनाको ज्यान गयो, ७ जना घाइते

April 21, 2020
911
Shares
- ADVERTISEMENT -

धादिङ, ९ बैशाख २०७७ । हावाहुरी र असिनासँगै सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका–३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो । घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्याललाई उपचारका लागि काठमाण्डौ लाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानकारी दिनुभयो । गम्भीर घाइते अर्का एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com