काठमाडौँ, ९ बैशाख २०७७ । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दै छ ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ ।
सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यसबाट नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ । यस्तै राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशबाट दल विभाजनको प्रावधान खुकुलो बनाइएको छ ।
कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको आलोचना भइरहेको छ ।