- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना भाइरसको संक्रमणको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्न आग्रह

April 20, 2020
589
Shares
- ADVERTISEMENT -

काठमाडौं, ८ बैशाख २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणको जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीब्र रुपले विस्तार गर्न आग्रह गरेका छन् ।

सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर कुनै आस्था वा धर्ममा ठेस पुग्ने कार्य कसैले पनि नगर्न अपील गरेका छन् । उनले भने, ‘कोरोना भाइरसको संक्रमण रोक्नका लागि परीक्षणको दायरा फराकिलो बनाउन आवश्यकता छ । मफेरि पनि औंल्याउन चाहन्छु ।’

- ADVERTISEMENT -

Advertisement

‘पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्दछ’, देउवाले भनेका छन् ।

‘कुनैपनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपील गर्दछु’, सभापति देउवाले विज्ञप्तिमा भनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् ।

‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु’, कांग्रेस सभापति देउवाले भनेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com