- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाका मेयरले बच्चा च्यापेर सुर्खेत हिँडेकी महिलालाई गाडी चढाए

April 20, 2020
771
Shares
- ADVERTISEMENT -

गोरखा, ८ बैशाख २०७७ । पिठ्युँमा झोला र काखमा बच्चा च्यापेर सुर्खेत हिँडेकी एक महिलालाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहयोग गरेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका-७ काँठेघारीकी टीका बस्याल गोरखा पालुङटारबाट बाह्रकिलो बजार हुँदै घर हिँडेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

पालुङटारमा नहर निर्माणमा मजदुरी गर्दै आएकी उनी लकडाउनपछि काम अवरूद्ध भएपछि घर जान निस्केकी थिइन् ।

आइतबार साँझ गोरखा-आँबुखैरेनी सडकस्थित बाह्रकिलो सडकमा हिँडिरहेकी बस्याललाई मेयरले गाडी चढाइदिएर बाटो खर्च पनि दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘११ जनाको समूह हिँड्दै सुर्खेत जान निस्केका रहेछन्। हावाहुरी र पानी परिरहेको बेला सडकमा हिँडिराखेको देखेँ,’ मेयर पन्तले भने, ‘चार जना महिला पनि हुनुहुन्थ्यो। तीमध्ये एक जनाको काखमा बच्चा थियो ।’

काखमा सानो बच्चा बोकेकी महिलालाई आफूले दुई हजार रूपैंया बाटो खर्च पनि दिएको उनले बताए। मेयर पन्तले कुखुराको दाना बोक्ने गाडी रोकेर मुग्लिनसम्म उनीहरूलाई पठाइदिएका हुन् ।

मेयर पन्तले लकडाउन खुलेपछि फेरि काम गर्न आउन ती श्रमिकहरूलाई आग्रह पनि गरे।

‘राम्रोसँग घर जानुहोस्। सुरक्षित बस्नुहोस्। लकडाउन खुलेपछि फेरि गोरखा आउनुहोस् है,’ मेयर पन्तले भने।

सुर्खेत हिँडेकामध्ये एक नविन परियारले गाडीको व्यवस्था गरिदिएकोमा खुसी लागेको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com