- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना भाइरसबारे मार्मिक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक (भिडियो सहित)

April 19, 2020
802
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ संसारभर महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को बारेमा जनचेतनामूलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ ।

‘कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो । पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेको उक्त गीतमा ईन्द्र जि सी र लक्ष्मी आचार्यले स्वर दिनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त गीतको परिकल्पनाकार भने रामप्रसाद बस्यालले गर्नु भएको हो । कोरोनाको सन्त्रासका कारण आधा संसार लकडाउनमा रहेको बेलामा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीचको वार्तालापलाई गीतमा निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कामको सिलसिलामा हाल साउदी अरेवियामा रहेका सर्जग आचार्यले लकडाउनकै समयमा गीत रचना गर्नु भएको हो ।

नोबेल कोरोना भाइरसको सन्त्रासमा रहेका नेपालीलाई गीतले सकारात्मक सन्देशका साथै नयाँ उर्जा भर्ने टी–टाइम म्युजिकको विश्वास गरेको छ । गीत बजाएर आफ्नो घर वा कोठामा मज्जाले नाचेर तनाव कम गर्न सकिने दाबी पनि म्युजिक कम्पनीको छ ।

- ADVERTISEMENT -

Advertisement

मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्ने कम्पनीको विश्वास छ ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com