- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेविसंघको स्थापना दिवस : आज खुल्ला अनलाईन गोष्ठि गर्दै

April 18, 2020
942
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ६ बैशाख २०७७ । नेपाल विद्यार्थी संघले स्थापना दिवसको अवसर पारेर नोबेल कोरोना भाइरसका कारण लकडाउन घोषणा गरेको सरकारको अकर्मण्यताको बारेमा खुल्ला अनलाईन गोष्ठि गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघको स्वर्ण जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले ‘ विश्वब्यापी माहामारी, विद्यार्थी र विद्यार्थी राजनीति’ शिर्षकमा खुला अनलाइन गोष्ठी आयोजना गर्न लागेको हो ।

कार्यक्रममा इच्छुकलाई अनलाईनमार्फत सहभागिताका लागि पनि ल क्याम्पस नेविसंघका अध्यक्ष सुरज सेजुवालले आव्हान गरेका छन् । नेपाल सरकारले गरेको लकडाउनको समर्थ स्वरुप उक्त लकडाउनको पुर्ण रुपको पालाना गर्दै नेपाल सरकारले यस माहामारीको परिस्थितिमा गरेका सबै खाले अकर्मण्यताको बिरोध समेत गर्दै गोष्ठि आयोजना गर्न लागेको सेजुवालले बताए ।

बैशाख ६ गते अर्थात नेपाल विद्यार्थी संघको स्वर्ण जयन्ती हो । माहामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरसका कारण विश्वका अधिकांश राष्ट्रहरु जस्तै नेपालमा लकडाउन भएको २५ दिन देखि पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -