Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:२६ दिउँसो
- ADVERTISEMENT -

टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी : रिचार्ज कार्डको अभाव

प्रकाशित मिति: २०७७ वैशाख ४, बिहीबार

672
Shares

काठमाडौं, ४ वैशाख २०७७ । कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।

‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि छ । ’

टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेको हो । *१४१५# डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् । प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।

हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।
यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।

रिचार्ज कार्डको अभाव

हुम्ला समाचारदाताका अनुसार बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो ।

सिमकोट बजारका लोक भण्डारीले मोबाइलमा पैसा सकिएको चार दिन भएपनि नयाँ रिचार्ज कार्ड नपाएको बताउनुभयो । सिमकोटका अधिकाँश पसलमा रिचार्ज बिक्री हुने भएपनि अहिले सबै पसलमा रिचार्ज कार्ड पाउन छाडेको छ ।

अर्का स्थानीय लालकला बोहराले हुम्लामा रिचार्ज कार्ड नपाउने भएपछि काठमाडौमा रहनु भएकी छोरीबाट ब्यालेन्स हाल्न लगाएर काम चलाउनु भएको छ । उहाँको मोबाईलमा पाँच दिन अगाडिदेखि पैसा सकिएको थियो ।

हुम्लामा अर्को निजी क्षेत्रको एनसेलले तीन महिनादेखि काम गर्न सकेको छैन । भएको नेपाल टेलिकमको पनि रिचार्ज कार्ड बन्दाबन्दीको कारण सकिएपछि हुम्लाबासी समस्यामा परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -