- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउन अवधीभित्र फैलिएको त्रास र अभावलाई कम गर्न आवश्यक : युवा नेता प्रदीप पौडेल

April 15, 2020
827
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ३ वैशाख २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले अहिले सरकारको सफलतासंग सवै नेपालीको भबिष्य जोडिएको भन्दै सरकारले प्रभावकारिता बढाउनु पर्ने बताउनुभएको छ ।

अहिलेको समस्याको समाधन भनेको लकडाउन भएपनि यो अवधीभित्र फैलिएको त्रास र अभावलाई कम गराउनका लागि सरकारले कस्ता कामकारवाहीको तयारीबारे जानकारी दिनुपर्ने बताउनुभयो ।

युवा नेता प्रदिप पौडेलले सरकारले राहत र औषधी जस्ता विषयमा प्रभावकारी काम गर्न नसक्दा भोली ठूलो समसया आउने भन्दै अन्र्तराष्ट्रिय अनुभवलाई लिएर प्राविधिकहरुको टोली बनाएर काम गर्न सुझाव दिनुभयो । अहिले भएको संक्रमण परिक्षणको अवस्थाले मात्र धान्न नसकिने भन्दै यसको मात्रा बढाउन आवस्यक भएको दावी गर्नुभयो ।

उहाँले अहिले कुनै पनि विषयमा राजनीतिकरण गर्न नहुने भन्दै प्रतिपक्षको सुझावलाई आरोपका रुपमा नबुझ्न आग्रहगर्दै बस्तुपरक विषयहरुमा कम्जोरी नदेखाउन सुझाव दिनुभयो । पौडेलले अहिलेको समयमा सरकार र स्थानीय जनप्रतिनिधिले कसैलाई पनि राजनीतिक चस्माले नहेर्न आग्रह गर्नुभयो ।

अहिले विकास निर्माणका कामहरु अगाडी नबड्ने र कोरोनाविरुद्ध रकम आवस्यक पर्ने भएकाले यो रकम राहत कोषमा जम्मा गरी वितरण गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्रीको सचिवलयको जम्बोटोली घाटाउनुपर्ने भन्दै उहाँले सरकारका अनावस्यक खर्चमा अहिले बन्देज लगाउनुपर्ने र राहत कोषमा जम्मा भएको २ अर्ब रकम जनताका उपचार र राहतमा खर्चनुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -