Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५९:४४ दिउँसो
- ADVERTISEMENT -

स्थानीय तहले अनिवार्य रुपमा “कोरोना कोष” बनाउनुपर्ने

प्रकाशित मिति: २०७७ वैशाख ३, बुधबार

930
Shares

काठमाडौँ, ३ वैशाख २०७७ । अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई सरकारले पठाएको समानीकरण अनुदान र राजस्व र बाँडफाँट शीर्षकको बजेट रकमान्तर गरी कोरोना भाइरस सङ्क्रणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्न निर्देशन दिएपछि कोष खडा गर्नुपर्ने भएको हो ।

महालेखा नियन्त्रक कार्यालयले कोषमा स्थानीय तहको आफ्नै आन्तरिक राजस्वसमेत खर्च हुने गरी कोष खडा गर्न निर्देशन गरेको छ । उक्त रकम स्थानीय तहको प्रकोप व्यवस्थापन कोषको खातामा जम्मा गरी सञ्चालन गर्न महालेखाले यसअघि नै सबै स्थानीय तहलाई आग्रह गरेको थियो । निर्देशन कार्यान्वयन नभएकाले शुक्रबार पुनः महालेखा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।

कोषबाट खर्च गर्दा मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर तथा असहायका लागि राहत उपलब्ध गराउने, सो राहत सामग्री एकद्वार प्रणालीबाट स्थानीय तहले नै उपलब्ध गराउनुपर्ने र त्यसका लागि कोरोना भाइरसको रोकथामका लागि बजेट खर्च गर्नू भनिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीले सबै स्थानीय तहसँग कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र उपचारका लागि कोष खडा गर्न आवश्यक बजेट हुन नसक्ने भएकाले बजेटमा अभाव नहोस् भनेर यस्तो व्यवस्था गरिएको बताउनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन कार्यान्वयन तहमा काम गर्ने निकाय स्थानीय तह नै भएकाले स्थानीय तहलाई आवश्यक बजेटको अभाव हुन नदिन महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरी समानीकरण र राजस्व बाडफाँटको शीर्षकबाट बजेट खर्च गर्न आग्रह गरिएको स्पष्ट गर्नुभयो ।

नेपाल नगरपालिका सङ्घका महासचिव एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले सबै पालिकासँग आकस्मिक रूपमा काम गर्न पर्याप्त बजेटको अभाव हुने भएकाले समानीकरण अनुदान र राजस्व र बाँडफाँटकै शीर्षकबाट रकमान्तर गरी खर्च गर्ने तयारी भएको बताउनुभयो । उहाँका अनुसार कतिपय स्थानीय तहले भने सार्वजनिक खरिद ऐन र महालेखाको पहिलो परिपत्रअनुसार नै कोष खडा गरिसकेको छ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -