- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

¥यापिड टेष्टका क्रममा गोरखाको आरुघाटमा दुई जनामा शंकास्पद लक्षण

April 14, 2020
854
Shares
- ADVERTISEMENT -

गोरखा, २ बैशाख २०७६ । ¥यापिड टेष्टका क्रममा गोरखाको आरुघाटमा दुई जनामा शंकास्पद लक्षण देखिएको छ ।

आज मंगलबार २० जनामा ¥यापिड टेष्ट गर्दा दुई जनामा शंकास्पद लक्षण देखिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

जसमा एक जनामा पोजेटिभ लक्षण देखिएको छ भने अर्का एक जनाको एण्टिबडी परिक्षण गर्दा ननरियाक्टिभ लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।

बहराइनबाट फागुन २३ गते आएका पुरुषको पोजेटिभ लक्षण देखिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, दुबईबाट चैत ४ गते आएकाको भने परिक्षणका क्रममा ननरियाक्टिभ देखिएको उहाँको भनाई छ । दुबै जनाको स्वाब मंगलबार नै परिक्षणका लागि टेकु अस्पताल काठमाण्डौ पठाइएको जानकारी दिनुभयो ।

हालसम्म होम क्वारेनटाइनमा बस्दै आएका उहाँहरुलाई मंगलबारदेखि भने आरुघाट स्थित भिमोदय बहुमुखीमा मास क्वारेनटाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

तर टेकुबाट बिहिबार रिपोर्ट आएपछि मात्रै अन्तिम नतिजा आउने बताउनु भयो । उनिहरु दुवै आरुघाट ५ आरुअर्बाङका हुन ।

¥यापिड टेष्टका क्रममा पोजेटिभ नतिजा आएपनि स्वाब परिक्षणका क्रममा भने नेगेटिभ पनि आउन सक्ने उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com