काभ्रे, २ वैशाख २०७७ । काभ्रेमा ‘र्यापिड’ परीक्षणको क्रममा दुईजनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।
आज मंगलबार काभ्रेको बेथानचोक गाउँपालिकाका एक र मण्डनदेउपुर नगरपालिकाका एकजनामा र्यापिड डाइग्नोस्टिक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो । उनीहरू दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।
बेथानचोकका युवा चैत ९ गते भारतबाट र मण्डनदेउपुरका युवा चैत ७ गते दुबईबाट आएको बताइएको छ ।