- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

April 14, 2020
533
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ बैशाख २०७६ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरिएका तीनजना मध्ये २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको अस्पताल स्राेतले जानकारी दिएकाे छ । तेस्रो व्यक्तिको भने रिपोर्ट आइसकेको छैन ।

सोमबार उनीहरुको र्‍यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । थप परीक्षणका लागि उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो भने लगत्तै पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरूमा कोरोना पुष्टि भएको बारे सरकारले औपचारिक रूपमा भने अहिलेसम्म जानकारी दिएको छैन, तर बेलुका स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङका क्रकमा जानकारी गराउनेछ ।

अस्पताल भर्ना गरिएकाहरू एकै परिवारका सदस्य रहेका छन् । उनीहरू तीनैजना २८ दिनअघि बेलायतबाट नेपाल अाएका थिए । उनीहरूमा काेराेना पाेजेटिभ देखिएसँगै प्रहरीले सो क्षेत्रलाई सील गरेको छ । यस घटनापछि साे अपार्टमेन्टमा बस्दै आएका झण्डै ४०० पारिवार त्रासमा रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com