Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:१६ दिउँसो
- ADVERTISEMENT -

कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति

प्रकाशित मिति: २०७७ वैशाख २, मंगलबार

823
Shares

काठमाडौँ, २ वैशाख २०७७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताउनुभएको छ ।

मन्त्री ढकालले नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिनुहुँदै कोरोना नियन्त्रणका लागि ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरूको ट्राभल हिस्ट्रीसहित अनिवार्य क्वारेन्टाइनमा राख्ने, उनीहरूको नमुना परीक्षण गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षणको दायरामा ल्याइने छ ।

त्यसैगरी, सम्भावित सङ्क्रमित आवतजावत भएको स्थानको यकिन गरी आइसोलेसनमा राख्ने र अनुगमन गरिने छ । त्यस्तै, सङ्क्रमितको उपचार गर्ने र कोरोना सङ्क्रमणको सम्भावित महामारी रोक्न सबै क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने रणनीति लिइएको मन्त्री ढकालले जानकारी दिनुभयो । वर्तमान चुनौतीको सामना सबै एकजुट भएर मात्र गर्न सकिने बताउँदै उहाँले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -