- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘लकडाउन’ उल्लङ्घन गर्ने १३ सय बढि प्रहरी नियन्त्रणमा

April 12, 2020
645
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ३० चैत २०७६ । कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ ।

आइतबार ‘लकडाउन’को उल्लङ्घन गर्नेमाथी विशेष निगरानी बढाएको प्रहरीले काठमाण्डौ उपत्यकाबाट विहान १० बजेसम्म १३ सय २० जनालाई प्रहरीले ’होल्ड’ गरेको जनाको छ। होल्डमा पर्नेमा तीन सय भन्दा बढि महिलासमेत रहेका छन् ।

अनमति नभएका सवारीलाई समेत नियन्त्रणमा लिदै आएको प्रहरीले आज एक सय ५० भन्दा बढि सवारीलाई समेत नियन्त्रणमा लिएको महानगरिय प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाहीस्वरुप तीन घण्टा सडकमै राखेर कोरोना विशेष जानकारी समेत दिदै आएको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको हो। लकडाउनको विकल्प नभएकोले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -