गोरखा २९ चैत २०७६ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण लागि समुदायमा स्वंयमसेवक समुह गठन गरिएको छ ।
आज शनिबार वडाध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त समुह गठन गरेको हो । बैठकले वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा ७ सदस्सीय समुदाय स्वंयम सेवक समुह गठन गरेको छ ।









































