गोरखा, २८ चैत २०७६ । सामाजिक सुरक्षा भत्ता बापत ३ करोड रुपैया वितरण गरेको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाले लकडाउनमा खाद्य समस्या हुन सक्ने भन्दै ३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
गत चैत्र २२ गतेदेखि वितरण सुरु गरिएको सामाजिक सुरक्षा भत्ता पाए संगै उनीहरु पनि खुशी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अश्राङ, बोर्लाङ, धावा, तान्द्राङ, मसेल र वगुवामा बसोबास गर्ने जेष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरुलाई उत्त रकम वितरण गरेको हो ।
गाउँपालिकाले लकडाउनका बेला जेष्ठ नागरिक तथा एकल र अपांग भएकाहरुलाई समस्यामा पर्न सक्ने भन्दै सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो ।
गाउँपालिकाले ८ वटै वडामा रहेका करिब ४०० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिनुभयो । ‘लकडाउनले आफ्नो गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई समस्या पर्न सक्ने आकल गर्दै पहिले नै वडाध्यक्ष र वडा सचिवलाई घर घर पुगेर वितरण गर्न भनिएको हो’ भन्नुभयो ।