Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:१२ दिउँसो
- ADVERTISEMENT -

संकटको मौका छोपी भ्रष्टाचार गर्नेमाथि कारवाही गर्न माग

प्रकाशित मिति: २०७६ चैत २८, शुक्रबार

820
Shares

काठमाडौं, २८ चैत २०७६ । नेपाली काङ्ग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब्याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गरेका छन् ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्त रूपमा अपिल जारी गरेका हुन् ।

कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा उल्लिखित नेताहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपिलमा स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी सड्कटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्नेमा युवा नेताले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उक्त अपिलमा दैनिक ज्याला मजदूरी गर्ने, आर्थिक रुपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरी आवश्यक सहयोग गर्न आग्रह गरिएको छ । किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिइ उपयुक्त कदम चाल्नुपर्नेतर्फ युवा नेताहरूद्वारा सरकारको ध्यानाकर्षण गराइएको छ ।

विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउने व्यवस्था मिलाइनुपर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन पनि नेताहरूले आग्रह गरेका छन् ।

विपद्का बेला सरकारी नेतृत्वले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्ने र सङ्कटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न काङ्ग्रेसका युवा केन्द्रीय सदस्यको माग छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -