गोरखा, २७ चैत २०७६ । गोरखाको भीमसेन थापा गाउँपालिकाले गाउँपालिकाको बिपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न आव्हान गरेको छ ।
गाउँपालिकाले बिश्व समुदायमा संकटको रुपमा देखिएको नोबेल कोरोना भाइरस (कोभिड १९) ले बिश्व नै आक्रान्त भइरहेको अबस्थामा गाउँपालिका भित्र कोरोना संक्रमणको न्युनीकरण र रोकथामका लागि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरिद लगायतका कार्यका लागि सहयोगको अपिल गरेको हो ।
त्यसैगरी, लकडाउनका कारण अलपत्रमा परेका व्यक्तिहरु, आर्थिक अबस्थामा कमजोर भएका ज्यालादारीमा काम गर्ने मजदुरहरु, गरिव, असाहाय तथा बिपन्न परिवारलाई राहात प्रदान गर्न गाउँपालिकाले बिपद् व्यवस्थापनकोषमा रकम जम्मा गर्न आवहन गरेको हो । सहयोग संकलनका लागि गाउँपालिकाले मेघा बैक नेपाल लिमिटेडको भीमसेन थापा गाउँपालिकाको शाखामा खाता सञ्चालन गरेको जनाएको छ ।
त्यसैगरी, गाउँपालिकाले बिपन्न, अहासाय, र दैनिक ज्यालादारी गर्ने मजदुरीहरुलाई एकद्धार प्रणालीबाट राहात उपलब्ध गराउने निर्णय समेत गरेको छ । राहात उपलब्ध गराउन चाहानेहरुलाई गाउँपालिकामा जिन्सी तथा अन्य सरसामग्री उपलब्ध गराउन पनि सवैलाई अपिल गरेको छ ।
मेगा बैंक लिमिटेड
भीमसेन थापा गाउँपालिका बिपद् व्यवस्थापन कोष खाता
खाता न : १०१००१००२४७९४
भीमसेन थापा, ध्याम्पेसाल, गोरखा