- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिरानचोकमा कुकुरको टोकाइबाट एकको मृत्यु भएपछि ५० जनालाई रेविज विरुद्धको खोप

April 7, 2020
570
Shares
- ADVERTISEMENT -

गोरखा, २५ चैत २०७६ । सिरानचोक गाउँपालिका–२ उपल्लो पामका ४५ वर्षीय रामबहादुर गुरुङको कुकुरको टोकाइबाट मृत्यु भएपछि ५० जना स्थानीयलाई रेविज विरुद्घको खोप लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

गत माघ २ गते कुकुरले टोकेपछि रामबहादुरलाई रेविजको लक्षण देखिएको र चैत १३ गते मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो । ‘मृतक रामबहादुरको संसर्गमा रहेका २७ जनालाई रेविज विरुद्को भ्याक्सिन लगाउनै पर्ने देखियो,’ ,‘स्वास्थ्यकर्मी स्थलगत गएर बुझ्दा ५० जनालाई खोप लगाउनुपर्ने रहेछ।’ उहाले भन्नुभयो ।

कुकुरको टोकाइबाट छिमेकीको मृत्यु भएपछि त्रसिद १६ जना स्थानीयलाई पहिलो र दोस्रो चरणको खोप लगाइसकिएको र मंगलबार थप ३४ जनालाई पहिलो चरणको खोप लगाइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

गोरखा अस्पतालसँग समन्वय गरेर घरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्यकर्मी रामचन्द्र पाण्डेले बताउनु भयो । रेविज विरुद्को खोप तीन पटक दिनुपर्ने र सोही अनुसार व्यवस्था मिलाइएको जानकारी दिनुभयो । गत माघ १० गते ८३ वर्षीया कलावती गुरुङ र माघ १६ गते हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको पाण्डेले जानकारी दिनुभयो ।

‘स्थलगत रुपमा गएर बुझ्दा तिनै जनालाई फरक–फरक कुकुरले टोकेको छ,’ रेविजको लक्षण एक देखि तीन महिनामा देखिने उहाले बताउनु भयो । गाउँमा रहेका कुकुर र पशु चौपायाको विषयमा पनि पशु शाखाबाट खटिएको टोलीले अध्ययन गरिरहेको सिरानचोक गाउँपालिकाले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com