Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५९:४५ दिउँसो
- ADVERTISEMENT -

आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय

प्रकाशित मिति: २०७६ चैत २५, मंगलबार

835
Shares

काठमाडौं, २५ चैत २०७६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको बैठकले आजको सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कोरोना भाइरसको परीक्षणको दायरा तत्काल व्यापकरूपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ ।

प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रिय सभाका प्रतिपक्षी नेतासमेत सहभागी बैठकले विद्यमान समग्र परिस्थितिको समीक्षा गर्दै सो निर्णय गरेको कांग्रेसले जानकारी दिएको छ ।

बैठकपछि सार्वजनिक गरिएको १३ बुँदे निर्णयमा स्वास्थ्यकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको सङ्घर्षमा सफलता मिल्ने विश्वास साथ बैठकले देशभरिका स्वास्थ्यकर्र्मीप्रति उच्च सम्मान प्रकट गरेको छ ।

साथै, बैठकले पीपिई, परीक्षण कीट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोवैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न सरकारलाई अपिल गरेको छ ।

बैठकले अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवम् निरन्तर सुसूचित गरिरहेका सञ्चारकर्मीलाई सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबै नेपाली दिदीबहिनी दाजुभाईमा हार्दिक अपिल गरेको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने कार्यमा संलग्नलाई पदमुक्त गर्न र अनिवार्य छानबिन गर्न पनि आग्रह गरेको छ ।

देश बाहिर रहेकालाई देश भित्रिन दिने व्यवस्था मिलाउन बैठकले सरकारसमक्ष माग गर्दै कांग्रेसले ज्यालादारी श्रमिकहरू, बेरोजगार र शहरी क्षेत्रमा डेरा गरिबसेका विद्यार्थीका लागि पनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -