गोरखा, २५ चैत २०७६ । गोरखामा सामाजिक दुरी कायम गरी बिश्व शान्तिको कामना गर्दै बेदपाठ र शान्तिहोम सम्पन्न गरिएको छ ।
वर्तमान अबस्थामा बिश्व समुदाय महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९) ले आक्रान्त भइरहेको परिवेशमा दैविक शक्तिको आराधनाका माध्यमले महामारीको चपेटाबाट केही हदसम्म भएपनि बच्ने र बचाउने ध्येयका साथ उक्त धार्मिक कार्य गरिएको हो ।

गोरखाको आरुघाट गाउँपालिका वडा न ८ स्थित श्री सितला माईको मन्दिरमा आज मङलबारका दिन स्थानीय पण्डित, बुद्धिजीवी, भद्रभलादमी लगायत व्यक्तिहरु नेपाल सरकार द्वारा जारी गरिएको लकडाउन ( गोप्य बास) को सुचना अनुसारको सामाजिक दुरी कायम गर्दै बिश्व शान्तिको कामना गर्दै बेदपाठका साथै शान्तिहोम सम्पन्न गरिएको हो ।
२०१८ सालको संकट आई परेको बेला ७ दिने कोटी होम गरेको स्थान आरुपोखरी गोरखा श्री सितला माईको थान आरुकोटमा कोरोनाबाट ग्रसित बिश्व संकटमा परेको वेला आज संकटमोचन लागी कोटी होमको आयोजना गरिएको थियो ।









































