- ADVERTISEMENT -
- ADVERTISEMENT -

कृषि उपजको विक्रि वितरणलाई सहज बनाउन कृषक महासंघको आग्रह

April 7, 2020
1158
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, २५ चैत्र २०७६ । राष्ट्रिय कृषक समूह महासंघ नेपालले किसानहरुको सुरक्षाको प्रत्याभूति सहित उत्पादनका लागि आवश्यक सामाग्रीहरुको सर्बसुलभ रुपमा उपलब्ध गराउन माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै महासंघले लकडाउनको समयमा किसानहरुले मल बिऊहरु नपाएको र उत्पादन गरेका बस्तुहरु विक्रि वितरण गर्न कठिन भएको भन्दै सहज वातावरण मिलाउन सरकारसंग माग गरेको हो ।

सरकारले गरेको लकडाउन स्वागत योग्य रहेपनि किसानहरुले उत्पादित तरकारी एवं दुधको विक्री वितरणमा कठिनाई भएकाले यसलाई सहज बनाउनुपर्ने राष्टिÄय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । कुखुरा, गाई बस्तुको खाना आहार, दानाको अभाव श्रृजना भएकाले किसानहरु थप समस्यामा परेको बताईएको छ ।

महामारीको समयमा किसान विशेष प्याकेज घोषणा गरी किसान समुदायलाई थप हौसलाको लागि मल, विउ, कृषि विमा औजारमा अनुदान बृद्धि गर्नुपर्ने अध्यक्ष बस्नेतले बताउनुभएको छ ।

“किसान लक्षित स्वस्थ्य विमा एवं कृषि ऋणमा थप सहुलियत र सरल प्रकृया जस्ता आधारभूत पक्षमा ध्यान दिऔं ।” विज्ञप्तीमा भनिएको छ , समयमा खेती लगाउन सकिएन भने कृषि उपजको उत्पादकत्व र खाद्यन्न आपूर्तिमा समेत दुरगामी असर पार्दछ ।” सरकारले विऊ विजन तथा मलको उपलब्धता गराउन नसकेमा खाद्य संकटको अवस्थाको श्रृजना हुने महासंघले चेतावनी समेत दिएको छ ।
नेपाल सरकारले गरेका अनुरोध अनुरुप परस्पर दुरी कायम राखी खेतीपाती गर्न महासंघले आफ्ना सम्पूर्ण तहगत संरचनाहरुलाई अनुरोध समेत गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -