Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:०८ दिउँसो
- ADVERTISEMENT -

स्वास्थ्य सामग्री अनियमितता गर्नेले उन्मुक्ति पाउँदैन : बस्नेत

प्रकाशित मिति: २०७६ चैत २३, आइतबार

922
Shares

काठमाडौं, २३ चैत २०७६ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणले सिंगो देश आक्रान्त बनेका बेला जनतालाई राहत, सहास र हौसला दिनुपर्ने सरकार आफै भ्रष्टाचार, अनियमितता र कमिसनको खेलमा लागेको बताएका छन् ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष बस्नेतले विपद्का बेला भएका घृणित कार्यमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन् । ‘स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्द गरेर मात्र उन्मुक्ति पाइँदैन’, अध्यक्ष बस्नेतले भने, ‘सो प्रक्रियामा संलग्न मन्त्री, कर्मचारी र ब्यापारी सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ उनले विपद्को बेला जनआकांक्षा अनुरुप जिम्मेवार रुपमा काम गर्न पनि सरकारलाई सुझाव दिए ।

यसैगरी, स्वास्थ्य सामग्री खरिद प्रक्रिया र अनियमितताका बिषयमा समाचार प्रकाशित गरेको ‘काठमाडौं प्रेस’ अनलाइनको सामग्रीमा असंवैधानिक ढंगबाट नियन्त्रणमा लिई समाचार हटाउने र सोही विषयमा विज्ञप्ति प्रकाशित गरेका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई धम्की दिनु आपराधिक कार्यको पराकाष्टा भएको अध्यक्ष बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई सदैव आत्मसात गर्दै आएको नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाई यस्ता घृणित कार्य कदापि सह्य नहुने चेतावनी अध्यक्ष बस्नेतले दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -