- ADVERTISEMENT -

मानव जातिको रक्षाका लागि एकताबद्ध हुन आग्रह : पर्यटनमन्त्री

April 4, 2020
549
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ चैत २०७६ । पर्यटनमन्त्री योगेश भट्टराईले यो चुनावको बेला नभएकाले मानव जातिको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभएको छ । उहाले अहिले एउटा पार्टीले अर्को पार्टीलाई एक उम्मेदवारले अर्को उम्मेदवारलाई आरोप र प्रत्यारोप लगाउने बेला नभएको भन्दै मानव जाति नै संकटमा परेकाले यसको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालबाट यो संकटकालीन र विशेष अवस्था हो भन्दै उहाले चार बुँदामा आफ्नो भनाई राख्नु भएको छ । ‘मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ’, उहाले भन्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्री भट्टराईले जिवन रहे कसले कसलाई कारवाही गर्ने हो गरौला भन्दै भन्नुभयो,‘जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला ।’

यस्तो छ उहाको भनाई

- ADVERTISEMENT -

Advertisement

यो सँकटकालीन र बिशेष अवस्था हो,

१। यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ ।

२। यो पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला होईन । पार्टीको महाधिबेशन घोषणा भएको छैन् । समयलाई पर्खौ ।

३। मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने रु मानव सभ्यता नै समाप्त हुने हो कि रु भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ ।

४। आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -