काठमाडौँ, २१ चैत २०७६ । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले आजको विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ, लिन नपर्नेले नलिएर मद्दत गरौँ भनी सबैमा आग्रह गर्नु भएको छ ।
उहाँले आज आफ्नो सामाजिक फेसबुकमा लेख्नु हुन्छ :
काठमाडौँ महानगरपालिका वडा नं ३० मा राहत वितरण प्रारम्भ :
यो बेला अप्ठ्यारोमा नपर्ने को नै होला र ?
तर छाक टार्न सकिरहेकोले पनि राहत लिन हात थाप्ने हो भने जसको चुलो निभेको छ उनीहरू प्रति अन्याय हुन्छ ।
त्यसैले, यो विपत्तिमा दिन सक्नेले दिएर मद्दत गरौँ,लिन नपर्नेले नलिएर मद्दत गरौँ । भन्नु भएको छ ।









































