काठमाण्डौं, १८ चैत २०७६ । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखमका बेलामा नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताउनु भएको छ ।
प्रवक्ता बिश्वप्रकाशको शर्माले ट्वीट
अख्तियारलाई `स्मृति पत्र´ !
संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व l साथ दिरहंदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण l अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं,तर …
तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न !
उहाले अख्तियारलाई स्मृति पत्र भन्दै अनियमितता नोटिसमा लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण पनि गराउनु भएको हो ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याइएको मेडिकल सामग्रीमा भ्रष्टाचार भएको भन्दै आलोचनाबीच शर्माले ट्वीट गर्दे अख्तियारको ध्यानाकर्षण गराउनु भएको हो।








































