- ADVERTISEMENT -

भिमसेन ४ धावाका पुरुषमा स्वास्थ्य समस्या

March 31, 2020
2613
Shares
- ADVERTISEMENT -

गोरखा, १८ चैत २०७६ । गोरखाका एक पुरुषमा स्वास्थ्य समस्या देखिएको छ । गोरखाको भिमसेन थापा गाउँपालिका ४ धावाका पुरुषमा स्वास्थ्य समस्या देखिएको हो ।

गत चैत ९ गते भारतबाट आएका पुरुषमा हिजो सोमबारदेखि सुख्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको स्थानीयले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्यमा समस्या देखिएपनि परिवारले उनलाई अस्पताल ल्याउन भने सकेको छैन । सोमबार अस्पताल ल्याउने तयारी गर्दा स्थानीय एम्बुलेन्सले बोक्न नमानेपछि घरमै बस्न बाध्य भएको परिवार स्रोतले जानकारी दिएको हो । ‘सुख्खा खोकी र सास फेर्न गाह्रो भएपछि अस्पताल जाने भनेर बोर्लाङ हेल्थ पोष्टको एम्बुलेन्स बोलायौ’ ‘हामी बरु जागिर छोड्छौ तर यस्तो बेला बिरामी बोक्न सक्दैनौ भनेर ड्राइभरले भन्नुभयो, के गर्ने अहिले घरेलु उपचारमै छौ ।’

स्वास्थ्यमा समस्या भएपनि हाल उनी परिवारका अन्य सदस्यसंगै बस्दै आएका छन् । बस्ने घर साँघुरो भएका कारण अरु विकल्प समेत नभएको परिवारले बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

गत ९ गते दिल्लीबाट ट्याक्सी रिजर्भ गरी ति पुरुष घर आएका थिए । भारतबाट आएको केहि दिनपछि उनलाई ज्वरो समेत आएको बताइएको छ तर हाल ज्वरो भने नरहेको तर श्वासप्रश्वास र सुख्खा खोकी देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताउनु भयो ।

‘उहाँलाई मैले केहि दिनअघि पनि भेटेको थिए, पहिला ज्वारो थियो अहिले त्यो चाहि सञ्चो भएर खोकी र श्वासप्रश्वासमा समस्या देखिएको छ’ स्वास्थ्य शाखा प्रमुख खनालले भन्नुभयो ‘हिजो गएर सुझाव सहित औषधीहरु हामीले छोडेर आएका छौ ।’ उहाँले भन्नूभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -