Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:२९ बिहान
- ADVERTISEMENT -

गजुरीमा नौ वटा ट्रक सहित २०० जना यात्रु प्रहरी नियन्त्रणमा

प्रकाशित मिति: २०७६ चैत १५, शनिबार

581
Shares

धादिङ, १५ चैत २०७६ । लकडाउनको उल्लंघन गर्दै मालबाहक ट्रकले मानिस ओसारपसार गरेको पाइएको छ । ट्रकभित्र त्रिपालले छोपिएर काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेका २०० जनालाई गजुरीमा शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएपछि उक्त खुलासा भएको हो ।

शुक्रबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नौवटा मालवाहक ट्रक त्रिपालले ढाकेर आएको पाइएपछि शंका लागेर खोजतलास गर्दा यात्रु भेटिएको हो । ती ट्रकमा २०० जना यात्रु पाइएको थियो । ती सबै ट्रक र यात्रुहरुलाई नियन्त्रणमा लिई काठमाडौं नै फर्काइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ती ट्रकमा बारा, पर्सा र रौतहटका सर्वसाधरणका साथै भारतीय नागरिकहरु ट्रकमा रहेको प्रहरीले बताएको छ । यात्रुहरुले आफुहरु काठमाडौंमा दैनिक ज्याला मजदुरी गरेर बाँच्दै आएकामा लकडाउनपछि काम गर्न नपाएर खान नपाउने अवस्था बनेकाले घर फर्कन लागेको बताएका थिए । उनीहरुले आफुहरुलाई छाडिदिन प्रहरीसँग आग्रह गरेका थिए ।

लकडाउनको समयमा समूह बनाएर एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएकाले उनीहरु जहाँबाट आएका हुन सोही स्थानमा फर्काएको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -