Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१४:५३ बिहान
- ADVERTISEMENT -

चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन माग

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

824
Shares

काठमाडौं, १४ चैत २०७६ । नेपाल चिकित्सक सङ्घले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गर्नुभएको छ ।

सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु पनि उपलब्ध गराउन सरकारसँग माग गरेको छ । कोरोना भाइरससँग जुध्न अथक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सबै मिली यो रोगलाई नेपालमा फैलिनबाट रोक्न र आफ्नो जिम्मेवारी पूरा गरी असल एवम् जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुनसमेत महासचिव डा। रिजालले अपिल गर्नुभएको छ ।

सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धी अभियानलाई सहज बनाउन सरकारले अझ बढी ठोस कदम चाल्नुपर्ने आग्रह गरिएको छ । ‘तीनै तहसँग समन्वय गरी एम्बुलेन्स सेवाको सहज उपलब्धता लगायत क्वारेन्टाइनको उचित व्यवस्थापनसहित आ–आफ्नो जिम्मेवारीअनुसार काम गराउनु आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सङ्घले स्वास्थ्य संस्थालाई चाहिने अत्यावश्यक सामग्रीको उपलब्धता, सेवाका सम्बन्धमा तत्काल सम्बोधन गर्नुपर्ने विषयलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नका निमित्त सङ्घले अनुगमन गर्ने र सङ्घका शाखा कार्यालयले आफू मातहतका स्वास्थ्य संस्थामा सोही अनुरुप अनुगमन गर्नसमेत आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -