Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:१० बिहान
- ADVERTISEMENT -

करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

470
Shares

काठमाडौं, १४ चैत २०७६ । करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको छ । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् ।

भन्सार विभागमा महानिर्देशक सुमन दाहालले नाकाबाट भन्सार जाँचपास सुरु भएको जानकारी दिए । उनका अनुसार माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो ।

तर, त्यसअघि पुसको मध्यबाटै चीनतर्फको भू-भागमा भएको हिमपातले पनि नाका खुले पनि सामान भित्रिन सकेको थिएन । तत्कालका लागि यी नाकाबाट सामान र सवारी आवागमन मात्रै सञ्चालन हुनेछ ।

यसका लागि ढुवानीमा सहभागी हुने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, यार्डमा रहने श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ ।

वस्तु ढुवानी, चालकको सुरक्षा र व्यवस्थापन, क्वारेन्टाइन नियमलगायतलाई लिएर व्यवस्थापन मोडालिटी बनेको छ । हेल्थ असिस्टेन्टका भरमा रहेका दुबै नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ । रसुवागढी नाकामा दुई चिकित्सक, एकजना हेल्थ असिस्टेन्ट र एकजना नर्स तैनाथ गरिएको छ ।

प्रोटोकलअनुसार चीनबाट तोकिएका चालकले चीनबाट नेपाल भित्रिने कन्टेनर पहिले भन्सार यार्डमा ल्याउनेछन् । त्यसलाई क्वारेन्टाइन विधिअनुसार किटाणुरहित बनाउने काम गरिन्छ । त्यसपछि अर्कै सवारी चालकमार्फत् नेपालको गन्तव्यमा पु‍र्‍याइनेछ । अहिले केरुङमा करिब चार सय कन्टेनर सामान नेपालका लागि आइपुगेको अनुमान छ ।

नेपाली नाकाबाट चीनतर्फको बजार पुग्न कम्तीमा तीनवटा ठाउँमा स्वास्थ्य जाँच गराउनुपर्नेछ । रसुवा र तातोपानी दुबै नाकाबाट हुने आयातमा चीनतर्फ नेपाली चालकहरुले चिनियाँ नागरिक र मालवस्तुलाई नछुने गरी काम गर्ने तयारी गरिएको छ ।

नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई नछोई आवत–जावत गर्ने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले बताए ।

तातोपानी नाकामा अध्यागमन नहुने भएकाले यहाँबाट भने नेपाली चालकले नै हरेक दिन खासा पुगेर सामान ल्याउनेछन् । तर, चिनियाँ नागरिक र सामानलाई लोड गर्ने समयमा समेत छुनु नपर्ने प्रबन्ध गरिएको छ । दुबै नाकामा सुरक्षाकर्मी, भन्सार, खाद्य तथा वनस्पति क्वारेन्टाइन र रसुवागढीतर्फ अध्यागमनको सबै तयारी चुस्त पारिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -