- ADVERTISEMENT -

धर्मको नाममा कोरोना बारे अफवाह फैलाउने पास्टर पक्राउ

March 24, 2020
659
Shares
- ADVERTISEMENT -

पोखरा, ११ चैत २०७६ । कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक  धर्मगुरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको छ । 

जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई  इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोनाबारे भ्रम फैलाएको बताए ।  आचार्यले केही दिनअघि पोखरा आसपासका सुकुम्बासी बस्तीमा पुगेर  “कोरोना मरिजा येशुको नाममा” भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । विपद्का बेला अनेक प्रचारबाजी हुने भएकाले संयम अपनाएर घरभित्रै बस्न र  भ्रामक कुराको पछि नलाग्न कास्की प्रहरीले सबैमा आग्रह गरेको छ ।

कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक सञ्जालमा राखेको र शेयर गरी धर्म प्रचारप्रसार गरेका कारण निजकै घरबाट पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको केसीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -