गोरखा, १० चैत २०७६ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका प्रभाबका कारण सर्बसाधारण गाउँ फर्केका छन् ।
सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ ।
गोरखामा पनि मानिसको चहलपहल बढेको छ । अरुबेला गाउँ का घर खाली हुने आजभोली भरी भराउ हुन् थालेका छन् । कोभिड–१९ सङ्क्रमणको जोखिमको त्रास बढेसंगै गाउँमा दशैको झल्को दिन थालेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिले एक प्रकारको आतंक फैलिएको छ । सरकारले पनि आम नागरिकको मनोबल बढाउने तर्फ कुनै ध्यान दिएको छैन बरु जताततै बन्द गरेर सर्व साधारणलाई त्रास फैलाएको छ । यतिबेला अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्रोत साधन सम्पन्न बनाउनु पर्ने जरुरी छ ।









































