काठमाडौं, ५ चैत २०७६ । अन्तिम समयमा आएर एसईई परीक्षा स्थगित गरेको भन्दै समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसहकर्मी समेत रहेका नाराणकाजी श्रेष्ठ र उनको समुहप्रति कटाक्ष गरेका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिदै सरकारमा रहेको नारायणकाजी गुटले नेकपा नै सिध्याउने दावी गरेका छन् । ‘यो काजी गुटको काम सधैँ शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने : गुट चलाउने ! माके सिध्यायो अब नेकपा सिध्याउँछ’, डा.भट्टराईले ट्वीटरमा छेडखान हानेका छन्








































