- ADVERTISEMENT -

पेट्रोलियम पदार्थको मूल्य घट्यो

March 17, 2020
893
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ चैत २०७६ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ ।

आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आज रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य १०६ तथा डिजेल र मट्टीतेलको मूल्य ९५ प्रतिलिटर कायम गरिएको छ ।

पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर ९० कायम हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -