- ADVERTISEMENT -

काठमाडौंको सतुंगलमा भेटियो अवैध ६ ट्रक मास्क

March 16, 2020
993
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ चैत २०७६ । नोबेल कोरोना भाइरसको महामारी फैलिएर नेपालमा मास्कको चरम अभाव भइरहेको बेला प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ ।

चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा भण्डारण गरेर राखेको १ सय २० वटा कार्टुनमा राखिएका करिब ६ ट्रक मास्क प्रहरीले बरामद गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो ।

यसैगरी हिजो (आइतबार) कालोबजारी गरेको भन्ने सूचनाको आधारमा हिजो मात्रै प्रहरीले कपनबाट १ लाख ५० हजार थान मास्कसहित ७ जनालाई पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

शनिबार यता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

पछिल्लो सयम विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न प्रयोग हुने मास्क अभाव हुन थालेपछि प्रहरीले अनुगमन गर्दै आएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ६ हजार ५ सय जना भन्दा बढिको ज्यान गइसकेको छ भने इटालीमा एकै दिन ३६८ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -