Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:५२ बिहान
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिमा खोप समन्वय समितिको अभिमुखीकरण सम्पन्न

प्रकाशित मिति: २०७६ चैत २, आइतबार

809
Shares

गोरखा, २ चैत २०७६ । भिमसेन थापा गाउँपालिमा खोप समन्वय समितिको अभिमुखीकरण सम्पन्न गरिएको छ ।

भिमसेन थापा गाउँपालिका स्वास्थ्य सेवा शाखा, गाउँपालिका खोप समन्वय समितिको अभिमूखीकरण कार्यक्रम एवं खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग एक दिवसीय अन्तरकृया एवं छलफल कार्यक्रम सम्पन्न भएको हो ।

भिमसेन थापा गाउँपालिका स्वास्थ्य शाखा गोरखाको आयोजनामा दादुरा रुबेला खोप अभियान २०७६ सफल पार्न गाउँपालिकाभित्रका ९ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला खोप पाउने अवस्था गर्ने उद्देश्यले गाउँपालिका खोप समन्वय समितिको लागि अभिमूखीकरण एवं अन्तरकृया कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो ।

भिमसेन थापा गाउँपालिका गोरखाको आठै वडाहरुमा २०७६ चैत्र १ गतेबाट ६ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ । दादुरा रुबेला खोप पाउनुपर्ने गाउँपालिकाभित्रका ९ महिनादेखि २३ महिनासम्मका ४ सय ४० जना र २४ महिनादेखि ५९ महिनासम्मका १ हजार ३९ गरी कुल १ हजार ४ सय ७९ जना बालबालिकाहरु रहेका छन् ।

कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले कार्यक्रमको सहजीकरण गर्दै दादुरा रुबेला रोगको प्रकार, रोग सर्ने माध्यम रोगका लक्षण रोगबाट देखापर्ने चिह्न, जटिलता, पूर्व तयारी र सावधानी, खोप अभियानमा खोप समन्वय समिति र समुदायको जिम्मेवारी तथा भूमिकाबारे सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

गाउँ कार्यपालिकाका सदस्य एवं वडा नं। ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँ शिक्षा अधिकारी यान बहादुर नेपाली, स्वास्थ्यकर्मीहरु, विद्यालयका प्रधानाध्यापक प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिनिधि, गाउँपालिका खोप समन्वय समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -