- ADVERTISEMENT -

अनेरास्ववियु नेता राईलाई आठ वर्ष कैद

March 13, 2020
1086
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३० फागुन २०७६ । युवतीलाई करणी गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सह–सहचिव इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतले नेपाल विहिवार राईलाई कैद र क्षतिपूर्ति तिर्नुपर्नेगरी सजाय ठहर गरेको हो । जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद सजाय सुनाएको हो। पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने अदालतले फैसला गरेको छ।

- ADVERTISEMENT -

Advertisement

यसअघि नै जबर्जस्तीकरणी भएको ठहर भए पनि अदालतले बिहीबार मात्र सजाय र क्षतिपूर्ति तोकिएको हो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी नेता राईलाई बलात्कार आरोपमा १२ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

आरआर क्याम्पस स्ववियु सहसचिव समेत रहेका राईले साथीको बहिनीलाई बलात्कार गरेको आरोप लागेको छ । राईलाई अनेरास्ववियूले संगठनको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरीसकेको छ ।

राईले १८ बर्षीय किशोरीलाई काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -