- ADVERTISEMENT -

घुस लिँदालिँदै कम्पनी रजिष्ट्रार कार्यालयका नासु सहित २ कर्मचारी पक्राउ

March 12, 2020
1066
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, २९ फागुन २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत दुई जना कर्मचारीलाई घूस रकम लिदा लिदै नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

नासु डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ रु ५ हजार घुस रकमसहित फागुन २८ गते पक्राउ परेका हुन् ।

आयोगले कार्यालयको अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

- ADVERTISEMENT -

Advertisement

पक्राउ परेका दुबैलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -