- ADVERTISEMENT -

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ? भन्दै विप्लव समुहले जारी गर्यो पर्चा

March 11, 2020
794
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २८ फागुन २०७६ । विप्लव समु्हको नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा घरमा बम विस्फोट भएको छ ।

यो सँगै नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ? ’ शीर्षकमा जारी पर्चा पनि फेला परेको छ ।

- ADVERTISEMENT -

Advertisement

पर्चामा भनिएको छ

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

- ADVERTISEMENT -

Advertisement

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटमा रहेको घरमा बुधबार बिहान ७ः४५ बजे बम विस्फोट भएको थियो ।

बम विस्फोटबाट घरको कम्पाउन्डमा क्षति पुग्नुका साथै झ्यालका सिसा समेत फुटेको छ । यसैगरी छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -