- ADVERTISEMENT -

युकेबाट पत्रकार गुरुङलाई आर्थिक सहयोग प्रदान

March 10, 2020
621
Shares
- ADVERTISEMENT -

पोखरा, २७ फागुन २०७६ । मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहनुभएका पत्रकार राजबहादुर गुरुङलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

पोखरा–१६ दीपस्थित उहाँको निवासमा आज आयोजित एक कार्यक्रममा युकेमा सङ्कलन गरिएको रु तीन लाख ५६ हजारको चेक फोटो पत्रकार सङ्घका अध्यक्ष मिलन गुरुङले हस्तान्तरण गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङको सक्रियतामा सो रकम सङ्कलग्न गरिएको सो अवसरमा जानकारी दिइयो ।

मिर्गौला सफल प्रत्यारोपणपश्चात् निवासमा आराम गरी क्रमिकरुपमा स्वास्थ्य परीक्षणमा रहनुभएका पत्रकार गुरुङले सहयोगीलाई धन्यवाद दिनुहँुदै सबैको साथ सहयोगले प्रत्यारोपण सफल भएको विश्वास व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -