काठमाण्डौ, २६ फागुन २०७६ । फागु पर्वमा उच्छृङ्खल गतिविधि गर्ने सात महिलासहित ८० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौबाट सात महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकाले पक्राउ गरिएको हो । चाडपर्वको बहानामा नियम मिच्ने, कानुनको उल्लङ्घन गर्ने र अनुचित क्रियाकलाप गर्ने क्रम बढ्दो छ ।
उनीहरुलाई पक्राउ गरिएको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा राखिएको र साँझसम्म कसुरको गम्भीरता हेरेर छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने डीएसपी बोगटीले बताउनु भयो ।








































