Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:४८ बिहान
- ADVERTISEMENT -

युद्धतर्फ अब्बल

प्रकाशित मिति: २०७६ फागुन २५, आइतबार

613
Shares

काठमाडौँ, २५ फागुन २०७६ । २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सक्नुभयो । बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आउनुभएको थियो तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन ।

प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनुभएन । अन्य कसैले आवेदन नदिएपछि उहाँ एक मात्र महिला अधिकृतका रूपमा प्रवेश गर्दै सेनाको उच्च पद ब्रिगेडियर जनरल अर्थात् सहायक रथी सम्मको यात्रा तय गर्नुभयो ।

केटाको हुलमा एक्ली केटी बस्नुपर्दा कहिलेकाँही कमजोर महसुस हुन्थ्यो तर म पनि उही सरहको पदमा छु, के फरक छु र भनेर आँटिली बन्थे –उहाँले विगत सम्झनुभयो । त्यही हौसलाले उहाँ प्राविधिकमा महिलातर्फ पहिलो सहायक रथी बन्ने अवसर पाउनुभयो । नेपाली सेनामा महिला पुगेको यो नै हाल सम्मको उच्च पद हो । त्यसमाथि उपरथी, रथी हुँदै प्रधान सेनापतिको पद हुन्छ ।

सेनामै रहेर उहाँले सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत क्षेत्रमै पुगेर उपचार व्यवस्थापनको अनुभव सँगाल्नुभयो । सेनामै रहेर जनस्वास्थ्यमा पीएचडी सक्नुभयो । त्यसैले सेनाको प्राविधिक क्षेत्रमा नयाँ पुस्ताका महिलालाई राम्रो अवसर रहेको बताउनुहुन्छ । युद्धतर्फको सैनिकमा भने केही अप्ठेरो अझै रहेको ठान्नुहुन्छ । जसमा महिलाको शारीरिक अवस्था, सेनाको दुर्गममा राम्रो व्यवस्थापन नहुनु आदि कारण हुन् । दुई वर्षअघि रिटायर हुनुभयो । उहाँको पालामा करिब दस मात्र महिला प्राविधिकमा थिए ।

युद्धतर्फ पनि अब्बल
युद्ध तर्फको सामान्य सेवामा पनि महिला सैनिक अब्बल नै ठहरिएका छन् । जतिबेला मुलुकमा सशस्त्र द्वन्द्वको राप चर्को थियो । त्यही बेला २०६१ सालमा नेपाली सेनाले पहिलोपल्ट सामान्यतर्फ महिला अधिकृत क्याडेटको भर्ना खोल्यो । सशस्त्र द्वन्द्वका बेला सेनामा जाउँ कि नजाउँ भन्ने दोहोरो मनस्थितिसँगै रेखा खत्रीले आवेदन भर्नुभयो । उहाँको ब्याच पासआउट हुँदा सशस्त्र द्वन्द्व रोकिएर जनआन्दोलन चल्दै थियो ।

त्यसैले युद्धमा जानुपरेन । खत्रीले पुरुष सरहको युद्धका हरेक तालिम ग¥यौँ, अझै गर्दैछौँ । शारीरिक रूपमा केही फरक रहे पनि कामको मामलामा कहिल्यै सक्दिन भनिन भन्नुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेनामा जाने महिलाका लागि तालिम दिँदा पुरुषको तुलनामा केही सहुलियत छन् । जस अनुसार पुरुषले ११ मिनेटमा दौड पूरा गर्दा महिलाले १४ मिनेटमा पूरा गरे हुन्छ ।

त्यस्तै पुरुषले १८ किलो तौल उठाउँदा महिलाले १२ किलो उठाए हुन्छ तर चेन अफ कमान्ड, अनुशासन र जिम्मेवारीको मामलामा कुनै सहुलियत छैन । पुरुषसँग प्रतिस्पर्धा गर्दै उहाँ सेनानी बन्नुभयो । उहाँ महिलाको एउटा छुट्टै गुल्मको प्रमुख हुनुहुन्छ । उहाँले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको गुल्ममा १७८ जनाको नेतृत्व गर्नुहुन्छ ।

सेवा प्रवेशको लामो प्रक्रियाबाहेक धेरै अवसर महिलाका लागि नेपाली सेनामा छन् । शान्ति सेनामा जान पाउने, भित्रै पढ्न पाउने, विदेशमा तालिम, पालोमा बिदाको सुविधासहित अनेक सहुलियत रहेको खत्री बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -