काठमाडौं, २३ फागुन २०७६ । तरुण विभागमा हालै नियुक्त भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देशभरका तरुणलाई कालाबजारी नियन्त्रणमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।
लाजिम्पाटमा पत्रकार सम्मेलन गरी कोरोना भाइरसको नाममा कालोबजारी हुनसक्ने भन्दै नियन्त्रण गर्न आग्रह गरेका हुन् । भण्डारीले कालाबजारी भए तरुण दलले हस्तक्षेप गर्ने चेतावनी दिए । ‘यो संकटमा खाद्यन्न अभाव हुने आँकलन गरिएको छ। पसलहरुमा कस्तो किसिमको गतिविधि गरिरहेका छन्’ भण्डारीले भने ‘त्यसको सुक्ष्म अवलोकन अब कांग्रेसका तरुणले गर्नेछ। हामी सरकारलाई सूचना दिनेदेखि हस्तक्षेपसम्म गर्न तयार छौ। कालाबजारीका सामान जफत गरी सरकारलाई बुझाउँछौं।’
उनले कोरोना संकटबाट बच्न सरकारले औषधि र खाद्यान्न आपूर्तिमा विशेष ध्यान दिनुपर्ने बताए ।








































