- ADVERTISEMENT -

सिरानचोक गाउँपालिकामा औद्योगिक ग्राम निर्माण हुदै

March 6, 2020
660
Shares
- ADVERTISEMENT -

गोरखा, २३ फागुन २०७६ । गोरखाको सिरानचोक गाउँपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र गाउँपालिका बिच औद्योगिक ग्राम निर्माण गर्ने विषयमा बुधवार सम्झौतापत्र  आदान प्रदान भएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयले गाउँपालिकालाई एकमुष्ठ ९२ लाख रुपैयाँको चेक बुधवार हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनु भयो । स्थानीय स्रोत साधन, कच्चा पदार्थ प्रविधि र सिपको परिचालन गरि लघु घरेलु तथा साना उद्योगमा लगानी बढाउन औद्योगित ग्राम स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

रोजगारीको सिर्जना गरी स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन छरिएर रहेका साना उद्योगहरुलाई एकिकृत गरी व्यवस्थित  गर्दै उत्पादन बढाउन नेपाल सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीति लिएको हो । उक्त नीति अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बिभिन्न ३२ स्थानीय तहमा औद्योगिक ग्रामको पूर्वाधार बिकास र निर्माणका लागि चालु वर्ष बजेट ब्यवस्थापन गरेको हो । सम्झौता गरेको १५ दिन भित्र गाउँपालिकाले बिस्तृत आयोजना प्रतिवेदन तयार गर्नुपर्ने सम्झौतमा उल्लेख छ । सर्वे, डिजाईन परियोजना प्रतिवेदन सबै पास भएपछि मन्त्रालयमा एक प्रति बुझाएपछि मात्रै निर्माण सुरु गर्न सकिनेछ ।

औद्योगिक ग्राम भित्र प्रशासनिक भबन, बैंक तथा बित्तिय संस्थाको भबन, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रण ब्यवस्था, शौचालय, पार्कीङ तथा आराम स्थल, प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्न सकिने सम्झौता भएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषबहादुर कुँवरले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

ग्राम निर्माणका लागि जग्गा बिकासको काम, ग्राम भित्रको मूख्य तथा सहायक मार्ग, बैकल्पीक उर्जाको ब्यवस्था, गोदाम घर, औद्योगिक फोहोर ब्यवस्थापन संयन्त्र लगायत पूर्वाधार बिकास गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

औद्योगिक ग्राम निर्माण भएर ब्यवस्थित भएपछि गाउँपालिका भित्र रहेका लघु उद्योगको बिकास हुने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । ‘कृषिमा आधारित उद्योगहरु तरकारी, माछा, आलुको प्रर्वद्धन गर्न मद्धत पुग्छ’ अध्यक्ष गुरुङले भने ‘कृषि उत्पादन राख्न कोल्ड स्टोर निर्माण हुन्छ, अन्य फर्निचर, ग्रिल जस्ता स्थानीय उद्योग पनि ब्यवस्थित हुनेछ ।’

उद्योग ब्यवस्थित भएपछि आन्तरीक बसाँई सराई कम हुने, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने र गाउँपालिका भित्रका नागरिकको आर्थिक वृद्धीदर बढ्ने अध्यक्ष राजु गुरुङले बताउनु भयो  । ‘साना उद्योग ब्यवस्थित भएपछि ठुला उद्योग खोल्न प्रोत्साहन मिल्छ भन्नुभयो ।

सिरानचोक गाउँपालिका ४ चोरकाटेमा नर्शरीको नाममा रहेको सरकारी जग्गामा निर्माण गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -