Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:४७ बिहान
- ADVERTISEMENT -

कृषि अनुदानमा १८ अर्ब ५८ करोड खर्च, उपलब्धि न्यून

प्रकाशित मिति: २०७६ फागुन २२, बिहीबार

608
Shares

काठमाडौं, २२ फागुन २०७६ । कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले कृषि अनुदानका नाममा बर्सेनि अर्बांै रुपैयाँ खर्च गरिरहेको छ । तर, खर्चअनुसार उपलब्धि न्यून देखिएको छ । सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न सकेको छैन भने कृषिमा दिइएको अनुदान रकमको उचित उपयोगसमेत हुन सकेको छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा १८ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ कृषि अनुदानमा खर्च भएको छ । सरकारले कृषि उत्पादन बढाउन र कृषिजन्य वस्तु आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले हरेक वर्ष कृषिमा अर्बौं रुपैयाँ अनुदान दिँदै आएको छ । तर, सो अनुदान ‘बालुवामा पानीसरह’ हुँदै आएको पाइएको छ ।

अनुदानको सही सदुपयोग नहुँदा खर्चअनुसार उपलब्धि नदेखिएको कृषि विज्ञको भनाइ छ । सरकारले कृषि अनुदानमा दिँदै आएको रकमको सदुपयोग भएमा सजिलै आयात प्रतिस्थापन हुने कृषि विज्ञ भोलामानसिंह बस्नेतको भनाइ छ ।

कृषि विज्ञ बस्नेतका अनुसार अनुदान ठूला पहुँच भएका नक्कली किसानको नियन्त्रणमा रहँदा उपलब्धि नदेखिएको हो । बस्नेतले नेपालमा ८० प्रतिशत साना किसान भए पनि उनीहरूले अनुदान नपाएको जानकारी दिए ।

‘वास्तविक अनुदान साना किसानले पाउनुपर्ने हो तर पहुँच नहुँदा पाइँदैन । सिंहदरबारसम्म सिधा पहुँच हुने नक्कली किसाले करोडौं अनुदान लिने गरेका छन्,’ कृषिविज्ञ बस्नेतले भने, ‘त्यस कारण सरकारले कृषि अनुदानमा गरेको खर्च बालुवामा पानीसरह हुँदै आएको छ ।’

कृषिविज्ञका अनुसार अनुदान सदुपयोग भए उत्पादन बढ्ने र चालू आवका सात महिनामै १९ अर्ब ५ करोड ४९ लाख ३७ हजार रुपैयाँबराबरको चामल आयात हुने अवस्था आउँदैनथ्यो । त्यस्तै, भन्सार विभागको तथ्यांकअनुसार चालू आवका सात महिनामा ९ अर्ब ५६ करोड ६७ लाख ८५ हजार रुपैयाँको मकै आयात भएको छ । ८४ करोड २९ लाख ५९ हजार रुपैयाँको गहुँ र ४३ लाख ५२ हजार रुपैयाँको जौ आयात गरिएको छ ।

चामल, मकै, गहुँ र जां आयातमा सात महिनामा २९ अर्ब ४६ करोड ९० लाख ३३ हजार रुपैयाँ बाहिरिएको छ । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा अनुदानको दुरुपयोग भएको कृषिविज्ञ बस्नेतको दाबी छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टाराईले कृषि क्षेत्रको उत्पादन बढाउन सरकारले दिँदै आएको अनुदान र खर्चले कृषिजन्य उत्पादनमा वृद्धि भएको दाबी गरे । उनले मुलुक दूध, अन्डा र कुखुराको मासुमा आत्मनिर्भर भएको र अन्य वस्तुमा पनि आत्मनिर्भर हुने क्रममा रहेको जनाए । यसैगरी, पछिल्लो समय हरियो तरकारीको उत्पादन बढ्दै गएको भट्टराईको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -